सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

2022-06-13
सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी असार २० गते आइतबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट दरबार ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ४.४२ प्रतिशत बोनस सेयर र ०.२२ प्रतिशत नगद लाभांस गरी कुल ४.६४ प्रतिशत नगद लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूह ख बाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: