सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

2022-06-08
सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले २०७९ ज्येष्ठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काली मन्दिरको पूर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई रु। ५१ हजार आर्थिक सहयोग प्रदान गरेको छ। 

यो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिकी सभापति डा। मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रपमा हस्तान्तरण गरेका हुन्। 

यो सहयोग रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पुर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ। धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पूर्वाधार विकासले आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ। 


Share this with your friends: