काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि लिलामीमा राखिएको हो ।
यो सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । यो सेयर बिक्रीका लागि गत वैशाख २० गते ३५ दिनको हदम्याद राखि सूचना प्रकाशित गरिएको उक्त अवधिभित्र विद्यमान संस्थापकहरुबाट कुनै पनि आवेदन प्राप्त भएको थिएन ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।