सूर्या लाइफको खुद बिमाशुल्क आर्जन १४.३३%ले वृद्धि, मुनाफा पनि २५.९७%ले बढ्यो

2020-08-14
सूर्या लाइफको खुद बिमाशुल्क आर्जन १४.३३%ले वृद्धि, मुनाफा पनि २५.९७%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २ अर्ब ४८ करोड रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ६७ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ४९.७३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ४५ करोड ३५ लाख रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४४ करोड ५९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २२ करोड ७३ लाख रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ९५.९४ प्रतिशत बढी खुद दाबी भुक्तानी गरेको छ। 

कम्पनीको खुद नाफा बढेको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी २६ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २५.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २० करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 


समीक्षा अवधिमा कम्पनीले व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च ५१ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४८ करोड ९१ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर ७ अर्ब ४२ करोड रुपैयाँ भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४१.४ प्रतिशतले बढी हो। 
अघिल्लो वर्ष ४१ करोड रुपैयाँमा सीमित कम्पनीको जगेडा तथा कोषको आकार बढेर ६६ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ। समीक्षा अवधिमा कम्पनीको महा बिपत्ती जगेडा कोषको आकार १० करोड ९२ लाख रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको महा बिपत्ती जगेडा कोषको आकार ७ करोड ७६ लाख रहेको थियो।

  अघिल्लो वर्ष ३ लाख ७६ हजार ९६७ बिमा लेख जारी गरेको कम्पनीले चौथो त्रैमासको अन्त्य सम्ममा ३ लाख ९ हजार ८८७ बिमा लेख जारी गर्न सफल गरेको छ।  
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी(इपिएस) १२.१९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२८.०७ रुपैया र प्रति सेयर कुल सम्पत्तिको मूल्य ५२१.७८ रुपैयाँ रहेको छ। 
 

 


Share this with your friends: