सूर्या लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

2021-01-18
सूर्या लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज कम्पनीको १२ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । 

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको थियो। 

बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा माघ ०५ गते सभा आयोजना गर्ने निर्णय गरेको थियो। सभामा आ।व २०७५/७६ का लागि प्रस्ताव गरिएको ५.५२६ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरि कुल १०.५२६ प्रतिशत लाभांस वितरणको विेशष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र ५.५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

यस्तै बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आ।व २०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ।व २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थापक समूह अन्तर्गत ७० प्रतिशत  र सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत रहेको सेयर संरचनालाई परिणत गरी संस्थापक समूह अनतर्गत ६० प्रतिशत र सर्वसाधारण समूह अन्तर्गत ४० प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आउँदो पुस १७ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरेको थियो । 

 


Share this with your friends: