सूर्या लाइफका दुई सञ्चालकको राजिनामा स्वीकृत

2021-01-31
सूर्या लाइफका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक डा.विनोद आत्रेय र बीरेन्द्र बहादुर श्रेष्ठले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो। 

बैठकले डा.विनोद आत्रेयले दिएको राजिनामा माघ १४ गतेदेखि र बीरेन्द्र बहादुर श्रेष्ठले दिएको राजिनामा माघ १५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले जनाएको छ। डा.विनोद आत्रेय ग्लोबल ट्रेडिङ कन्सर्न र बीरेन्द्र बहादुर श्रेष्ठ एशियन डिस्ट्रीब्युसन प्रा.लिका प्रतिनिधि थिए।  

 


Share this with your friends: