सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

2021-02-11
सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विरेन्द्र बाबु श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो। 

नवनियुक्त सञ्चालक श्रेष्ठ साधारण सेयर समूहतर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई विशाल मिनरल्स् एण्ड माइन्स प्रा.लिको प्रतिनिधीको रुपमा सञ्चालक समितिको बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ। श्रेष्ठलाई माघ २ड गतेदेखि नै लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो। 

 


Share this with your friends: