सूर्या लाइफको सीईओमा खड्काको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

2021-05-27
सूर्या लाइफको सीईओमा खड्काको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) पवन कुमार खड्काको नाम प्रस्ताव गरिएको छ।

कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो। 
पवन कुमार खड्काको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम स्वीकृतिका लागि बीमा समिति समक्ष पेश गरिएको छ। बीमा समितिबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्नेछ। 

यसअघि कम्पनीको सञ्चालक समितिको बसेको मंसिर १ गतेदेखि लागू हुने गरि खड्कालाई कम्पनीको निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो । यसअघि सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कार्यकाल सकिन ३ महिना बाँकी छदैँ राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको २७७ औँ बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामा राजिनामा स्विकृत गरेको थियो । 


Share this with your friends: