सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त

2021-06-15
सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । 

कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । उनी यसअघि कम्पनीमा निमित्त प्रमुख कार्यकारीको रुपमा कार्यरत थिए । 

उनलाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई बीमा समितिले केहि समयअघि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  


Share this with your friends: