सूर्या लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

2021-07-01
सूर्या लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले कोरोना महामारीको हालको असज परिस्थितीलाई मध्यनजर गर्दै बीमितहरुका लागि ब्याज छुटको व्यवस्था गरेको हो । 

कम्पनीले व्यतित भएका बीमालेख असार १७ गतेदेखि ३१ गतेसम्म नविकरण गरे ३५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बिमितले तिर्नुपर्ने मितिले २ वर्षभित्र व्यतित बीमालेखको हकमा कम्पनीले ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यस्तै तिर्नुपर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको हकमा ४५ प्रतिशत र ३ वर्षभन्दा बढी व्यतित भएको बीमालेखको हकमा ३५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । 

यसका साथै कम्पनीले कनेक्ट आईपीएस, खल्ती, ई–सेवा, प्रभु पे, फोन पे, सेलपे, आइएमई पे, आदि विद्युतिय माध्यमबाट पनि बीमा लेख नविकरण गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ । 


Share this with your friends: