सूर्या लाइफद्वारा ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग

2021-07-25
सूर्या लाइफद्वारा ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारका लागि आवेदन माग गरेको छ ।  । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग गरेको हो । 

कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि केहि समिति संख्यामा माग आवेदन गरेको हो । यो पदका लागि  जुनसुकै विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । इच्छुक आवेदक लेखाई र बोलाईमा दख्खल भएको र टिम बिल्डिङ स्प्रीट भएको हुनेपर्नेछ । 

यसका साथै सिर्जनशील, समस्या समाधान गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता भएको  हुनुका साथै जीवन बीमाका आधारभूत तत्व सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्नेछ । आवेदकमा तालिम दिन सक्ने र उत्प्रेरणा गर्न सक्ने गुण हुनुपर्ने कम्पनीले जनाएको छ । 

इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको १० दिनभित्रमा vacancy@suryalife.com मा आफ्नो सिभि अपलोड गर्नुपर्नेछ ।   


Share this with your friends: