सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2021-11-24
सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख र बाँकी तिर्नुपर्ने सबै किस्तामा ब्याज छुटको व्यवस्था गरेको हो। 

कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भएका बीमालेख नविकरण गर्दा किस्ताको ब्याजमा ३५ प्रतिशत र बाँकी तिर्नुपर्ने सबे किस्ताको ब्याजमा २५ प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ। 

ब्याज छुटको व्यवस्था मंसिर २९ गतेसम्म कायम रहनेछ ।  

कम्पनीले कनेक्ट आईपीएस, खल्ती, ई सेवा, प्रभु पे, फोनपे, सेलपे र आइएमई पे आदि विद्युतीय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।  


Share this with your friends: