सूर्या लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-12-10
सूर्या लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैैठकले आगामी पुस १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांस गरी कुल १३.३७  प्रतिशत लाभांस वितरणको विेशष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५ सय रुपैयाँको १२.७० प्रतिशतले हुन आउने २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने १ करोड ५१ लाख २५ हजार ६६३ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् । 
यस्तै सभामा 

यस्तै बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै कम्पनीको प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ।व २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: