सूर्या लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

2022-01-03
सूर्या लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको १३ औँ वार्षिक साधारण सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । 

उक्त सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांस गरी कुल १३.३७  प्रतिशत लाभांस वितरणको विेशष प्रस्ताव पारित गरिएको छ। प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी २ अर्ब २६ करोड २८ लाख ९४ हजार ५ सय रुपैयाँको १२।७० प्रतिशतले हुन आउने २८ लाख ७३ हजार ८७६ कित्ता बोनस सेयर र ०।६६८४ प्रतिशतले हुन आउने १ करोड ५१ लाख २५ हजार ६६३ रुपैयाँबराबरको नगद लाभांश रहेको थियो ।  


यस्तै बोनस सेयर वितरण पश्चात हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। यसका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ। 

सभामा आ.व २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिएको छ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिएको छ। सभामा आ।व २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ। 


Share this with your friends: