सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा,कसले दिन पाउँछन् आवेदन ?

2022-02-02
सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा,कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो । 

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा आम सर्वसाधारणका लागि सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलकबोल आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापक सेयरधनीहरुले आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वक बोलपत्र आह्वान पेस गर्नुपर्ने कम्पनीले जनाएको छ । 
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०४ रुपैयाँ तोकिएको छ । 


Share this with your friends: