सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-13
सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस सेयर पुस ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले पुस ८ गतेपश्चात सेयर अभौतिकीकरण गरेका सेयरधनीको हकमा भने क्रमश उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको जनाएको छ। यसका साथै कम्पनीले सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न जानकारी गराएको छ। 

यसैगरी पुस ८ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीको हकमा कर्जा राफसाफ भईसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरेको छ। सो मिति पश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुदाँ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफूले सेयरधनीको सेयर रोक्कामा रहे÷नरहेको एकिन गरी रोक्कामा राख्नु पर्ने भए बोनस सेयर समेत रोक्कामा राख्न आवश्यक पहलकदमी गर्न समेत अनुरोध गरेको छ। 

यस्तै कम्पनीले १२ औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.५२६ प्रतिशत नगद लाभांस हालसम्म पनि प्राप्त नगरेका सेयरधनीहरुलाई कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ ।   


Share this with your friends: