सूर्या लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा खड्का नियुक्त

2020-11-18
सूर्या लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त कार्यकारी अधिकृत(सिईओ)मा कम्पनीका नायब महाप्रबन्धक पवन कुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरि खड्कालाई कम्पनीको निमित्त कार्यकारी अधिकृत(सिईओ) जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । अर्काे व्यवस्था कायम नभएसम्मका लागि खड्कालाई उक्त पदको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । 

यसअघि सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत९सिईओ० शिवनाथ पाण्डेले कार्यकाल सकिन ३ महिना बाँकी छदैँ राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको २७७ औँ बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी पाण्डेको राजिनामा राजिनामा स्विकृत गरेको छ । 

 


Share this with your friends: