सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

2020-12-03
सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले मंसिर १६ गतेदेखि ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो। 

कम्पनीले व्यतित भएका सम्पूर्ण बीमालेख अन्तर्गत ३ वर्ष सम्मको बीमाशुल्क भुक्तानी किस्तामा ४० प्रतिशत र सो भन्दा बढि अवधि भएको बीमाशुल्क भुक्तानी किस्तामा ३० प्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ। 

कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेखले जोखिम बहन गर्न नसक्ने भएकाले समयमै आफ्नो बीमालेखको बीमाशुल्क भुक्तानी गरी ब्याज छुटको लाभ लिन आह्वान गरेको छ। 

यसका साथै कम्पनीले सन् २०२१  डिसेम्बर ३१ सम्म पूर्णाविधि हुने बीमालेखमा कुनै पनि छुटको वयवस्था नगरिएको स्पष्ट पारेको छ।  


Share this with your friends: