सूर्या लाइफ र प्राइम लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-12-31
सूर्या लाइफ र प्राइम लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्या लाइफ र प्राइम लाइफ द्वारा २०७५/७६ का लागि प्रस्ताव गरिएको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

सूर्या लाइफले लाभांस वितरण र साधारण सभा प्रयोजनका लागि भोलि(पुस १७)देखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।  

कम्पनीले आ.व २०७५÷७६ का लागि ५.५२६ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र ५.५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० रहेका छन्।

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो माघ ५ गते आयोजना हुने कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

यस्तै प्राइम लाइफले पनि भोलि अर्थात पुस १७ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गनै र साधारण सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले आ.व २०७५/७६ का लागि ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको ७ प्रतिशतले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो पुस २७ गते आयोजना हुने कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

 


Share this with your friends: