सूर्या लाइफ र प्राइम लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-01-01
सूर्या लाइफ र प्राइम लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई बीमा कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सूर्या लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७०८ रुपैयाँ कायम थियो। 

सूर्या लाइफले आ.व २०७५/७६ का लागि ५.५२६ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र ५.५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आउँदो माघ ५ गते आयोजना हुने कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ। 

कम्पनीले आज(पुस १७)देखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले हिजोसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 

यस्तै नेप्सेले प्राइम लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७६६ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२० रुपैयाँ कायम थियो। 

प्राइम लाइफले आ।व २०७५/७६ का लागि ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांसमा चुक्तापूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको ७ प्रतिशतले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

कम्पनीले आज पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले हिजोसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।


Share this with your friends: