सेयर संरचना परिवर्तन गर्दै सूर्या लाइफ,संस्थापक सेयरधनीलाई ७ दिनको समयावधि प्रदान

2022-02-21
सेयर संरचना परिवर्तन गर्दै सूर्या लाइफ,संस्थापक सेयरधनीलाई ७ दिनको समयावधि प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको ६०ः४० को सेयर संरचनालाई परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो ।

बीमा समितिको स्वीकृतीपश्चात कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो । 

यसैबीच कम्पनीले सेयर संरचना परिवर्तन गर्न नचाहने अर्थात संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सानो गौचरन वा कम्पनीको ईमेल ठेगानामा उपलब्ध गराउन अनुरोध गरेको छ । 
तोकिएको समय सीमाभित्र संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्न  स्वघोषणा पत्र प्राप्त नभएमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न स्वीकृती प्रदान गरिएको मानिने कम्पनीले जनाएको छ । 


Share this with your friends: