काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १८९.५८ अंकले घट्दै ९२६४.७३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १३४.२७ अंकले घट्दै ८०३१.८३ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी परे। आज एलआईसी नेपालको सेयरमूल्य ८.२६,शिखर इन्स्योरेन्स ५.२५ र अजोड इन्स्योरेन्सको सेयरमूल्य ४.८१ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक २९.८९ अंकले घट्दै १९६६.३७ बिन्दुमा झर्यो। यो दिन बजारमा २२९ कम्पनीका ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक १७.५६ अंकले घटेको आज व्यापार ४१.१८,होटल १३.९७,विकास बैंक ५३.५८,हाइड्रो.५४.१५,वित्त २९.६२,उत्पान तथा प्रशोधन ७७.६९,अन्य ०.४५,लघुवित्त ६६.८,म्युचुअल फन्ड ०.१३ र लगानी उपसूचक १.५६ अंंकले घट्यो।
आज आधिखोला जलविद्युत र सिवाईसी नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो।
त्यस्तै आज बलेफि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ८.७६ प्रतिशतले घट्यो।
यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको १२ करोड ५७ लाख बढीको सेयर कारोबार भयो।