हिमालयन रि इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

2022-05-27
हिमालयन रि इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको विशेष साधारण सभा आह्वान गरिएको हो । 

बैठकले आगामी जेठ २७ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अलफ्टमा दिउासो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा प्रिमियममा कम्पनीको साधारण सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: