हिमालयन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2022-05-10
हिमालयन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १८ गते बुधबारका दिन पोखरामा रहेको होटल पोखरा ग्राण्डमा दिउँसो १ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: