हिमालयन रि–इन्स्योरेन्सद्वारा १९.६४ करोड मुनाफा आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

2022-05-29
हिमालयन रि–इन्स्योरेन्सद्वारा १९.६४ करोड  मुनाफा आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ४९ लाख ६४ हजार ८११ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ५८.३३ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासमा  कम्पनीको खुद बीमाशुल्क आर्जन २९ करोड ९९ लाख ७५ हजार ०१५ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ करोड १ लाख ७३ हजार ३७९ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ८७ लाख ८८ हजार ६५९ रुपैयाँ आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १ करोड ४६ लाख ९ हजार ६०४ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ३० लाख २९ हजार ४३६ रुपैयाँ दाबी भुक्तानी गरेको थियो।  

यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १९ करोड ६४ लाख ५७ हजार ५९४ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ५७.४३ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीले १२ करोड ४७ लाख ८८ हजार ५८५ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ४८ लाख १९ हजार २६८ रुपैयाँबराबरको रहेको छ। कम्पनीको जगेडा तथा कोषको आकार २० करोड ६ लाख ४ हजार २९० रुपैयाँबराबरको रहेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार ४ लाख ६० हजार ७४४ रुपैयाँबराबरको रहेको छ । 


Share this with your friends: