३० वर्षको उमेरमा किन खरिद गर्ने स्वास्थ्य बीमा ? यस्ता छन् कारण

2020-11-01
३० वर्षको उमेरमा किन खरिद गर्ने स्वास्थ्य बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । तपाइँले स्वास्थ्य बीमा गर्नुभएको छ भने यसले तपाइँको चिकित्सा उपचार खर्चको कभरेज प्रदान गर्ने गर्दछ। बीमासँग सम्बन्धित विज्ञहरुले सामान्य रुपमा मानिसहरुलाई चाडोभन्दा चाडो स्वास्थ्य बीमा खरिद गर्न सल्लाह सुझाव प्रदान गर्ने गर्दछन्। यस्तो यस कारण कि मेडिकल आपतकाल जुनसुकै बेला पनि उत्पन्न हुन सक्छ र यसको सामना गर्नका लागि जो कोहिले पनि आर्थिक रुपबाट तयार रहनुपर्दछ। यसको अलावा यदि कुनै व्यक्तिले ३० वर्षको उमेरमा स्वास्थ्य बीमामा लगानी गर्दछ भने उसलाई मिश्रित फाइदा प्राप्त हुने गर्दछ। सानै उमेर अर्थात ३० वर्षको उमेरमा स्वास्थ्य बीमा खरीद गर्न किन आवश्यक छ त ? यस्ता छन् कारण : 

तुलनात्मक रुपमा कम प्रिमियम लागत 
३० वर्षको उमेरमा बीमा खरीदको शीर्ष लाभमध्ये एक हो, प्रिमियमको लागत कम हुनु। विज्ञहरु बताउँदछन कि स्वास्थ्य बीमा योजनाको प्रिमियम, पोलिसीहोल्डरको उमेरमा अत्यधिक निर्भर हुने गर्दछ। वास्तवमै ४५ वर्षको उमेरको तुलनामा ३० वर्ष उमेर भएको व्यक्तिको प्रिमियर कम हुने गर्दछ। 

वित्तीय सुरक्षा 
अस्पताल भर्ना शुल्कको अलावा स्वास्थ्य बीमा योजनाको अन्य स्वास्थय लाभ पनि हुने गर्दछ। स्वास्थ्य बीमा योजना हुँदा आफ्नो खल्तीबाट भुक्तानी गर्नुपर्ने आवश्यकता हुने गर्दैन। स्वास्थय सम्बन्धि खर्चको बारेमा चिन्ता नलिईकन तपाइँले आफ्नो वित्तीय स्रोतलाई उचित ढंगले व्यवस्थापन गर्न सक्नुहुन्छ। 

जीवनशैली सँग सम्बन्धित रोगहरुबाट सुरक्षा 
अहिलेको व्यस्त र बदलिँदो जीवन शैली, उमेरभन्दा अगावै अर्थात कम उमेरमा नै मधुमेह,मुटुसँग सम्बन्धित रोगहरु र अन्य कयौँ रोगहरु निम्त्याउने कारक बनेको छ। यि रोगहरुको उपचारका लागि भविष्यमा आउने ठूला ठूला बिलहरुबाट बच्नका लागि जतिसक्दो चाँडो स्वास्थय बीमा खरीद गर्न आवश्यक हुने गर्दछ। 

कर लाभ
बीमा गर्दा तिरेको बीमाशुल्कमा आफ्नो कुल आयबाट घटाएर बाँकी रकममा मात्र आय कर लाग्छ । २० हजार रुपैयाँसम्मको आयमा आयकर छूट प्राप्त हुने गर्दछ। त्यसैले कम उमेरमा बीमा पोलिसी खरीद गर्दा यसको भरपूर लाभ लिन सकिन्छ। 

 

 

tips   

Share this with your friends: