तालिवानद्वारा अफगानिस्तानका बीमा कम्पनीहरुको सञ्चालनमा रोक

2022-03-23
तालिवानद्वारा अफगानिस्तानका बीमा कम्पनीहरुको सञ्चालनमा रोक

काठमाण्डौ । सन् २०२१ अगस्टमा अफगानिस्तानलाई पुनःआफ्नो नियन्त्रणमा लिएको तालिवानले देशमा बीमा कम्पनीहरुको सञ्चालन स्थगित गरेको छ। 

अफगानिस्तानको सरकारले बीमा कम्पनीहरुलाई लेखेको आधिकारिक पत्रमा सार्वजनिक तथा निजी बीमकहरुका सम्पूर्ण गतिविधिहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुपर्ने घोषणा गरिएको छ। उक्त पत्रमा बीमा उद्योगको भावना इस्लाम धर्मको संस्कृति अभ्यास तथा रिति रिवाजविरुद्ध छ कि छैन भनेर ‘साइन्स एकेडेमी अफ अफगानिस्तान’मा छलफल भईरहेको जनाइएको छ। 

अफगानिस्तानको विगतको २० वर्षे लोकतन्त्र युग तथा खुला बजारमा सरकारी स्वामित्वमा रहेका बीमा संस्थाका अतिरिक्त कयौँ निजी बीमा कम्पनीहरुले लगानी गुर्नका साथै वित्तीय जोखिम उठाएका छन्।  

गत वर्ष अगस्ट १५ मा तालिवानले अफगानिस्तान सरकारबाट सत्ता आफ्नो हातमा लिएपछि त्यहाँको अर्थतन्त्र संकटमा परेको छ। देशभर सयौँ कम्पनी,संस्था तथा परियोजनाहरु बन्द भएका छन्। 

अफगानिस्तानको कार्यवाहक तालिवान सरकारले इस्लामिक मूल्य मान्यतामा जोड दिने गरेको छ। तर अहिलेसम्म कुनै पनि लिखित इस्लामिक नितीहरु जारी गरेको छैन। 

जोखिम व्यवस्थापनका लागि लगभग सबैजसो अन्य मुस्लिम देशहरुमा बीमा अभ्यास गरिन्छ। यद्यपी केहि मुस्लिम राज्यहरुमा यसलाईमुस्लिम अवधारण‘तकाफुल’का रुपमा अभ्यास गर्ने गरिन्छ।  

 


Share this with your friends: