आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-02-09
आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर अर्थात १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

संस्थाले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३.७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका थिए।  

 


Share this with your friends: