एलआईसीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-04-29
एलआईसीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत फागुन ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वैशाख १५ गते बुक क्लोज हुँदाका बखत सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो। 

बुक क्लोज हुँदाका मितिपश्चात सेयर अभौतिकीकरण गरेका सेयरधनीको हकमा भने क्रमश उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको जनाएको छ। यसका साथै कम्पनीले सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न जानकारी गराएको छ। 


Share this with your friends: