एलआईसी भारतको एजेन्ट संख्या मौरिससको कुल जनसंख्या बराबर, कति होला कारोबार ?
भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आइपीओ ल्याउदै

2020-08-26
एलआईसी भारतको एजेन्ट संख्या मौरिससको कुल जनसंख्या बराबर, कति होला कारोबार ?

काठमाण्डौ । भारतको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो सरकारी कम्पनी भारतीय जीवन बीमा निगम(एलआईसी) को सेयर बजारमा लिस्टिङ हुने तयारीमा छ। भारतीय मिडियाहरुका अनुसार कम्पनीको आईपीओ यहि आर्थिक वर्षमा आउने सम्भावना रहेको छ। यदि एलआईसीको आइपीओ यो वर्ष बजारमा हिट गराइयो भने, यो भारतको सबैभन्दा ठूलो आइपीओ हुनेछ। यसका साथै आउनेवाला निकट समयमा यति ठूलो आइपीओको रुपमा केवल जियो वा रिलायन्स रिटेलको सम्भावना रहेको छ। यस्तोमा अहिले सबै भारतीय लगानीकर्ताको नजर एलआईसीको आइपीओमा रहेको छ। 


एलआईसीका एजेन्ट कम्पनीको पूँजि 
एलआईसीका एजेन्ट कम्पनीको पूँजिको रुपमा रहेका छन्। कम्पनीका एजेन्टहरु भारतका प्रत्येक कुनामा रहेका छन्। यहा सम्म कि भारतका गाउँ गाउँ सम्म यसका एजेन्टहरु भेटिन्छन्। त्यसैले भारतमा एउटा भनाई छ–गाउँमा हुलाक घर नदेखिएपनि एलआईसीका एजेन्टहरु पक्कै देखिन्छन्। अहिले भारतमा एलआईसीका करीब १२ लाख एजेन्टहरु सक्रिय छन्। यो संख्या मौरिससको जनसंख्या बराबर हो। 


ठूलो लगानीकर्ता पनि हो एलआईसी
एलआईसीले आफ्ना पोलिसी होल्डरबाट उठाएको प्रिमियमलाई सहि र उपयुक्त तरिकाबाट लगानी गर्ने गर्दछ। त्यसैले एलआईसीलाई ठूलो लगानीकर्ताको रुपमा पनि लिइन्छ। यति बेला भारतको म्युचुलअ फन्डलाई हेर्ने हो भने त्यहाको म्युचुअल फन्डमा ४५ कम्पनीको जति एयुएम( एसेस्ट अन्डर म्यानेजमेन्ट) छ, त्यति एलआईसीको लगानी छ। एलआईसीको कुल लगानी २९,१९ ४७८ करोड भारतीय रुपैया रहेको छ। जबकि भारतमा कुल ४५ म्युचुअल फन्डको एयुएम यो भन्दा कम अर्थात २७.२८ लाख करोड भारतीय रुपैयाँ छ। 


प्रीमियम झण्डै ४ लाख करोड भारतीय रुपैयाँ
एलआईसीको रिपोटका अनुसार सन् २०१९ मा कम्पनीको प्रीमियम ३७९४०० करोड भारतीय रुपैयाँ थियो। क्यानडाको सम्पूर्ण बीमा क्षेत्रको प्रीमियम ३.७० लाख करोड भारतीय रुपैयाँ छ। यस्तै भारतमा कुल निजी जीवन बीमा कम्पनीहरुको जारी पोलिसीको संख्या ७० लाख छ, भने एलआईसीको जारी बीमालेखको संख्या २.१९ करोड छ। 


शाखाहरुको संख्या ६५००
एलआईसीको भारतभर कुल शाखाहरुको संख्या ६ हजार ५ सय छ। जबकि भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक एचडीएफसीको शाखा संख्या ५ हजार ४१६ छ। एलआईसीमा भारत सरकार १० प्रतिशतको स्वामित्व बिक्रि गर्न चाहन्छ र यसबाट भारत सरकारले करीब ८० हजार करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछ। यो भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ। 

 


Share this with your friends: