एशियन लाइफ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-03-02
एशियन लाइफ इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित २ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

कम्पनीले माघ ११ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 


Share this with your friends: