एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-07
एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी विजय चौधरीको परिवारलाई मृत्युदाबी भुक्तानी गरेको छ ।

कम्पनिले बीमित चौधरीको निवासमा निजको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत, एशियन लाईफ नारायणगढ शाखा प्रबन्धक अविशेष चापागाईंले संयुक्तरुपमा चेक हस्तान्तरण गर्नुभएको हो ।
 चौधरीले वार्षिक बीमाशुल्क २४ हजार ५ सय ९६ भुक्तानी गर्ने गरी सन् २०२१ मार्च ९ तारेखमा तीन लाख रुपैयाँ बीमांकको जीवन बीमाि गराएको पर्सा उपशाखा प्रमुख सुप्रभा सापकोटाले जानकारी दिनुभयो । बीमा गराएको पाँच महिनामा मृगौलाको खराबीेको कारणबाट बीमित चौधरीको मृत्यु भएको थियो । 

 


Share this with your friends: