एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१६.६१ लाख मृत्यु दाबी भुक्तानी

2022-03-25
एशियन लाइफ इन्स्योरेन्सद्वारा रु.१६.६१ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरीको शम्भूनाथ नगरपालिका वडा नम्बर १२ निवासी राजन कुमार साहलाई मृत्यु दाबी वापत १६ लाख ६१ हजार रुपैयाँको भुक्तानी गरेको हो ।

बीमित योगेश कुमार साह(१० वर्षिय)को आमाबाबु अमृता कुमारी साह र राजन कुमार साहलाई लहान शाखाका प्रबन्धक महेन्द्र प्रसाद सिंहले मृत्यु दाबीवापतको चेक संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । दाबी भुक्तानीवापतको रकम बीमितको घरदैलोमै पुगेर हस्तान्तरण गरिएको हो ।


Share this with your friends: