एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

2022-04-27
एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो। 

परिणतपश्चात बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम भएको छ। 
एशियन लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम रहेकोमा कम्पनीको १२ औँ वार्षिक साधारण सभाबाट उक्त अनुपात ६०ः४० कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।


Share this with your friends: