एशियन लाइफद्वारा घातक रोगको उपचार खर्च भुक्तानी

2022-03-03
एशियन लाइफद्वारा घातक रोगको उपचार खर्च भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोगको उपचार खर्चबापतको दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखाले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ उर्मा कैलाली निवासी भजोरा रानालाई मुटुरोग उपचार खर्चवापत तीन लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । 

कम्पनीले जीवन बीमा योजनाको अतिरिक्त सुविधा अन्तर्गत मुटुरोग उपचार खर्चवापत रु. ३ लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीको सुदूरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी र धनगढीका पत्रकार कर्णबहादुर शाहले संयुक्तरुपमा बुधबार बीमितको घरदैलोमै पुगेर दाबीवापतको रकमको चेक हस्तान्तरण गरेका हुन् । रानाले २०७७ असोजमा रु.३ लाखको जीवन बीमा गराएका थिए । अतिरिक्त सुविधा वापतको रु. ३ लाख भुक्तानी पछि पनि निजको जीवन बीमा योजना बीमा अवधिभर नै चालू रहनेछ ।


Share this with your friends: