एशियन लाइफद्वारा २८.२४ लाख मृत्यु दाबी भुक्तानी

2022-03-08
एशियन लाइफद्वारा २८.२४ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गोरखाको धार्चे ०४,लाप्राक निवासी श्री सुन बहादुर गुरुङको आश्रित परिवारलाई अठ्ठाइस लाख चौबीस हजार चार सय बाउन्न रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

सुन बहादुरको २०७८ माघ १४ गते हृदयघातको कारण मृत्यु भएको थियो । २०७८ फागुन २२ गते दाबी भुक्तानीवापतको चेक बीमितको श्रीमति तेरता कुमारी गुरुङलाई रिजनल हेड बद्रिनाथ पौडेल र वडा अध्यक्ष राज गुरुङले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर राजकुमार श्रेष्ठ, सचिन सुवेदी, रेवीलाल गुरुङ,एजेन्सी म्यानेजर किसान गुरुङ, गोरखा उपशाखा इन्चार्ज भाईकाजी आलेको उपस्थिति रहेको थियो । 


Share this with your friends: