एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-11
एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबीवापतको रकम हस्तान्तरण गरेको हो ।

स्वर्गिय घर्तिको श्रीमती शकुन्तलालाई बीमा दाबीवापतको रकमको चेक कावासोती उपशाखा प्रमुख केशर बहादुर खत्री र कावासोती ९ नवलपुरका वडा अध्यक्ष नेत्र प्रसाद खतिवडाले संयुक्तरुपमा बीमितको घरमै हस्तान्तरण गर्नुभएको  हो । मृत्यु दाबीवापत ३ लाख ४७ हजार दुई सय तीन रुपैयाँ भुक्तानी गरिएको हो । घर्तिको गत माघ १ गते असायमीक निधन भएको थियो ।


Share this with your friends: