एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था स्थगित

2022-05-09
एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था स्थगित

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था स्थगित गरेको छ । 

कम्पनीले गत वैशाख १५ गतेदेखि जेठ १२ गते सम्मका लागि लागूहुने गरी व्यतित बीमालेखमा ब्याज छुट दिने व्यवस्था गरेकोमा उक्त व्यवस्था वैशाख २५ गतेदेखि स्थगित गरेको हो । 

कम्पनीको यो निर्णयले बीमितवर्गमा पर्न गएको असुविधाका लागि कम्पनीले क्षमा मागेको छ । 


Share this with your friends: