कोरोना बीमाको दाबी भुक्तानीमा तिव्रता, चार दिनको अवधिमा थप १ हजार बढीले प्राप्त गरे

2020-12-29
कोरोना बीमाको दाबी भुक्तानीमा तिव्रता, चार दिनको अवधिमा थप १ हजार बढीले प्राप्त गरे

काठमाण्डौ । कोरोना बीमाको दाबी भुक्तानी प्रक्रियामा तिव्रता आएको छ। चार दिनका अवधिमा थप १ हजार ५ सय ६८ जनाले कोारेना बीमाको दाबी भुक्तानी प्राप्त गरेका छन्। बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस १३ गतेसम्म १६ हजार ९४९ जनाले कोरोना बीमा बापत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। गत पुस ९ गतेसम्म १५ हजार ३८१  जनाले कोरोना बीमाको दाबी भुक्तानी स्वरुप १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए। यसरी चार दिनको अवधिमा थप १ हजार ५ सय ६८ जनाले कोरोना बीमाको दाबी भुक्तानी प्राप्त गरेका छन्।  

बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ३० हजार ७७५ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २२१० फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ४ हजार ८१० रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका ८ हजार ६९६ फाइलमध्ये अहिलेसम्म ४ हजार ८१० फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या १३३ रहेको छ। 
यसैगरी ३ हजार ७९४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र ८९ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ। 


Share this with your friends: