कोरोना बीमाको दाबी भुक्तानी २.४६ अर्ब नाघ्यो, २,७२१ फाइल कम्पनीमै फिर्ता

2021-01-14
कोरोना बीमाको दाबी भुक्तानी २.४६ अर्ब नाघ्यो, २,७२१ फाइल कम्पनीमै फिर्ता

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमा बापत २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ५१ हजार ७१७ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २७२१ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ८ हजार ०४० रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका १४ हजार १६५ फाइलमध्ये अहिलेसम्म ६ हजार १२५ फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या ७४७ रहेको छ। 

यसैगरी १० हजार ९७४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र १८३ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ। 

 


Share this with your friends: