कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब नाघ्यो

2021-01-29
 कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ १२ गतेसम्म ३१ हजार ४४१ जनाले कोरोना बीमा बापत ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ६० हजार १६१ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३०७९ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ७ हजार ८२९ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका १६ हजार २९० फाइलमध्ये अहिलेसम्म ८ हजार ४६१ फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या २२६४ रहेको छ। 
यसैगरी १० हजार ०१६ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । 

 


Share this with your friends: