ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्न समझदारी

2021-07-05
ग्लोबल आइएमई बैंक र नौकुण्ड गाउँपालिकाबीच किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्न समझदारी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ। 

ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ। 


Share this with your friends: