ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

2021-08-03
ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंक तथा तानसेन नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक वीरबहादुर सारु तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजीकरणमा हेफर इन्टरनेसनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ। 


Share this with your friends: