ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-11-21
ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्रीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको नवौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे पोखरामा रहेको बैंकको होटल पोखरा ग्रान्डीमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फकाट प्रस्ताव गरिएको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै संस्थाको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाब भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा पदाधिकारीहरुलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । संस्थाले एक वा एकभन्दा धेरै उपयुक्त लघुवित्तहरु गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्तिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिेक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर १४ गते एक दिनका लागि बुक क्लो्ज गनै निर्णय गरेको छ । यसर्थ मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन् ।


Share this with your friends: