ग्लोबल आइएमई लघुवित्तद्वारा ब्याजमा १०% छुट प्रदान गर्ने घोषणा

2021-06-16
ग्लोबल आइएमई लघुवित्तद्वारा ब्याजमा १०% छुट प्रदान गर्ने घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट प्रदान गर्ने घोषणा गरेको छ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने निर्णय गरेको हो। यसका साथै यो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने निर्णय पनि संस्थाले गरेको छ।

हाल संस्थाले आफ्ना ग्राहकको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा सञ्चालनमा ल्याएको छ भने कोभिडको महामारीमा ग्राहकलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ई–सेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको छ।


Share this with your friends: