जागिर गर्ने कर्मचारीले छुट्टै स्वास्थ्य बीमा पोलिसी लिन किन आवश्यक ?

2021-03-22
जागिर गर्ने कर्मचारीले छुट्टै स्वास्थ्य बीमा पोलिसी लिन किन आवश्यक ?

काठमाण्डौ । वर्तमान अवस्थामा औषधी र अस्पतालको खर्च निरन्तर उकालो लागिरहेको छ। स्वास्थ्य उपचारको खर्चमा भईरहेको निरन्तरको वृद्धिले एउटा सामान्य मानिस वा कुनै कम्पनीमा काम गर्ने व्यक्तिलाई स्वास्थय संकटको बेला खर्चको जोहो गर्न लगभग असम्भव जस्तै हुन्छ। यही कारण विभिन्न कम्पनीहरुले आफ्ना कर्मचारीहरुका लागि मेडिकल इन्स्योरेन्स प्रदान गरेका हुन्छन्। 

मेडिकल इन्स्योरेन्स कम्पनीको तर्फबाट आफ्ना कर्मचारीलाई प्रदान गरिने एउटा यस्तो स्वास्थय बीमा पोलिसी हो, जुन दुर्घटना वा अचानक हुने रोगहरुमा धेरै सहयोगी हुने गर्दछ। यसको कभरमा कर्मचारीका साथ–साथै उसको परिवारको एक वा दुई सदस्यलाई पनि समावेश गरिएको हुन्छ। यसमा अस्पतालमा भर्ना हुनुपर्दाका केहि घटनामा खर्चको दाबी भुक्तानी गर्ने गरिन्छ। तर कमपनीको तर्फबाट प्राप्त हुने मेडिकल इन्स्योरेन्स पोलिसीको महत्व वा यसको वैधता तबसम्म मात्रै हुन्छ जबसम्म तपाई कम्पनीमा आवद्र्ध हुनुहुन्छ। यदि कुनै कारणवश तपाईले कम्पनी छोड्नु पर्यो भने तपाईलाई यसको कुनै पनि लाभ प्राप्त हुदैन। यसको अर्थ तपाईले जुन दिन कम्पनी छोड्नु भयो, त्यसै दिन तपाईको पोलिसी पनि समाप्त हुन्छ। 

यस्तो पनि देखिन्छ कि कयौँ कर्मचारीहरु कम्पनीले प्रदान गरेको स्वास्थय बीमामा निर्भर रहने गर्दछन्। उनीहरुको आफ्नो छुट्टै व्यक्तिगत स्वास्थ्य बीमा हुदैन। उनीहरु यसको आवश्यकता नै महसुश गर्दैनन्। यस्तोमा उक्त व्यक्ति र उसको परिवारको स्वास्थयको ग्यारेन्टी तबसम्म मात्रै हुने गर्दछ, जबसम्म उक्त व्यक्ति कम्पनीमा आवद्र्ध हुन्छ। जागिर छोड्ने बित्तिकै कम्पनीले उसको कुनै पनि जिम्मेवारी लिदैन। जागिर छोडेपछि यदि तपाईल नयाँ स्वास्थय बीमा पोलिसी लिनुहुन्छ भने पनि त्यसमा प्रतिक्षा अवधिको समस्या आउने गर्दछ। जहाँ तपाईलाई पोलिसीको लाभ लिन एक वा तीन वर्षसम्मको प्रतिक्षा गर्नुपर्ने हुनसक्छ। यदि त्यो अवधिसम्म तपाई र तपाईको परिवार असुरक्षित रहन्छ र यदि कुनै स्वास्थय संकट आउछ भने, त्यस्तो भारी खर्चको बोझ तपाईमाथि नै पर्ने गर्दछ। यस्तोमा तपाईले वित्तीय संकटको सामना गर्नुपर्ने हुनसक्छ। अब प्रश्न यो उठ्छ कि कम्पनी छाडेपश्चात कर्मचारीसँग दोस्रो कुन विकल्प हुन्छ ?

त्यसैले कम्पनीको स्वास्थ्य बीमा पोलिसीका साथ–साथै एउटा छुट्टै स्वास्थय बीमा पोलिसी खरिद गर्न आवश्यक हुने गर्दछ। ताकि तपाईले जब जागिर छाड्नु हुन्छ तब, तपाईसँग आफ्नो व्यक्तिगत पोलिसी सदैव रहिरहोस। 
तपाइर्ले आफ्नो र आफ्नो परिवारका लागि स्वास्थय बीमा पोलिसी खरिद गर्दा कयौँ विषयमा ध्यान दिनुपर्ने हुन्छ। जस्तै अतिरिक्त कभर, दाबी भुक्तानी अनुपात, अस्पताल भर्ना हुनु र भईसकेपछिको खर्च इत्यादी। 

 


Share this with your friends: