जापानको शक्तिशाली भुकम्पका कारण बीमकहरुले २–४ बिलियन डलर घाटा व्यहोर्नुपर्ने

2022-03-27
जापानको शक्तिशाली भुकम्पका कारण बीमकहरुले २–४ बिलियन डलर घाटा व्यहोर्नुपर्ने

काठमाण्डौ । गत साता जापानको उत्तरपूर्वी तटमा गएको शक्तिशाली भुकम्पले बीमा कम्पनीहरुलाई २ देखि ४ बिलियन डलरसम्म घाटा हुनसक्ने अनुमान गरिएको छ। 

फुकुसिमा र मियागी प्रान्तका १ हजार प्रभावित भवनहरुको रिपोर्टलाई उद्धृत गर्दै करीब ४०० देखि ८२० मिलियन डलर नोक्सान व्यवसायिक र औद्योगिक सम्पत्तिहरुको क्षतिबाट हुने जनाइएको छ। 

त्यस्तै अन्य नोक्सानहरु उर्जा, खानेपानी राजमार्ग,रेलमार्ग अन्य पूर्वाधार तथा परियोजनामा पुगेको क्षतिहरु छन्। 

विश्वमा ६ म्गाग्निच्युड वा सो भन्दा माथि जाने भुकम्पमा करीब २० प्रतिशत जापानमा आउने गर्छ। यस्तै जापानमा सुनामी,बाढी,पहिरो,तुफान र ज्वालामुखीका घटनाहरु पनि धेरै हुने गर्छ। 


Share this with your friends: