जीवन बीमा गर्दा भुलेर पनि नगर्नुहोस् यी पाँच गल्ती, नोक्सानी हुन सक्छ

2020-08-03
जीवन बीमा गर्दा भुलेर पनि नगर्नुहोस् यी पाँच गल्ती, नोक्सानी हुन सक्छ

काठमाण्डौ । तपाइँ हामी सबैलाई आर्थिक रूपमा जीवन बीमा पोलिसीको आवश्यकता पर्न सक्छ । जति–जति उमेर ढल्किँदै जान्छ आर्थिक जिम्मेवारीको भार बढ्दै जान्छ। त्यतिखेर हामीलाई जीवन बीमाको आवश्यकता पनि बढ्दै जान्छ । 
हामी प्रायः जीवन बीमा गर्दा जानीजानी वा भुुलवश केही न केही गल्तीहरु गर्न पुुग्छौँ । त्यसैले यस्ता गल्तीहरू थाहा पाउँदापाउँदै पनि नजरअन्दाज गर्नुहुँदैन ।

१. जीवन बीमाले आम्दानीको दोस्रो विकल्पका रुपमा काम गर्ने गर्दछ । त्यसैले जीवन बीमालाई लगानी रूपमा हेर्नु गलत हो । लगानीको मुुख्य उद्देश्य भनेको जोखिमका साथमा उच्च प्रतिफल हासिल गर्नुु हो । जब कि जीवन बीमाको उद्देश्य तपाइँको बचत तथा लगानीको रक्षा गर्नुु हो । 

२. एक व्यक्तिलाई कति रकमको र कति अवधिको बीमा आवश्यक पर्छ भन्ने कुुरा जो कोही पनि जान्न चाहन्छ । जीवन बीमाको निर्धारण आवश्यकता या त वार्षिक आम्दानी या वार्षिक खर्चले तय गर्ने गर्दछ । सही बीमा रकम जान्नका लागि तपाइँको सहायताका लागि कयौँ जीवन बीमा क्यालकुलेटर उपलब्ध छन्। त्यसैले जीवन बीमालाई केवल बचतका लागि खरिद गर्ने गल्तीबाट बच्नुपर्छ ।

३. बीमा कम्पनीहरुले विभिन्न परकारका जीवन बीमा पोलिसीहरू ल्याउने गर्दछन् । त्यसैले जीवन बीमा गर्नुभन्दा पहिले तपाइँका लागि कुन बीमा उत्तम हुन्छ र तपाइँको आम्दानीको रेन्जमा छ भन्ने कुरा थाहा पाउन जरुरी छ । साथै हामीले अन्य बीमासँग पनि तुलना गर्नुपर्दछ । यसका साथै एजेन्टका बारेमा पनि सम्पूर्ण जानकारी राख्नुपर्दछ। किनकी कयौँ बीमा एजेन्टहरुले तपाइँलाई ठग्न र झुक्याउन सक्छन । यदि तपाइले गलत बीमा चयन गर्नुभयो भने पछि तपाइँलाइ पछुताउनुको विकल्प हुँदैन ।

४. जीवन बीमा लामो समयसम्मका लागि हुने गर्दछ । यदि तपाइँले समय अगावै बीचमै यसलाई छोड्नुभयो भने तपाइँलाइँ यसले घाटा मात्र हुने गर्दछ ।

५. दाबी खारेज हुनबाट बच्नका लागि पालिसीको मातहतमा रहेर प्रिमियमको भुक्तानी समय–समयमा गरिरहनुपर्दछ । यदि प्रिमियम भुक्तानीका कारण तपाइँको पोलिसी समाप्त भयो भने तपाइँको बीमाकर्ताले तपाइँको दावी अस्वीकार गर्न सक्छ । यदि पोलिसी समाप्त भएको एक दिनपछि दाबी गरियो भने पनि बीमा कम्पनीले तपाइँको दावी खारेज गर्न सक्छ । – एजेन्सी

tips   

Share this with your friends: