ज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2022-03-04
ज्योति लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले मृतक बीमित बम बहादुर सुर्यवंशीको परिवारलाई ५ लाख ८३३३ रुपैयाँ दाबी भुक्तानी गरेको हो । 

उक्त रकम कम्पनीका पाल्पा शाखाका शाखा प्रमुख पारसमणी पोखरेलले मृतक बीमितकी आमा विष्णु सुर्यवंशीलाई हस्तान्तरण गरेका हुन् ।   
तानसेन ११ स्थायी घर भएका बम बहादुरको मत्यु भारतमा भएको हो । रोजगारीको सिलसिलामा भारत जानु ६ महिनाअघि उनले ज्योति लाइफमा ५ लाख रुपैयाँको बीमा गरेका थिए । 

 


Share this with your friends: