ज्योति विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-01-12
ज्योति विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। 

बैंकले भोलि(पुस २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य खुद मुनाफा तथा अन्य वितरणयोग्य कोषहरु गरी कुल वितरणयोग्य रकम रु। ३५ करोड ३३ लाख ७५ हजार ५३९ बाट चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। 

बैंकद्वारा प्रस्तावित लाभांसमा चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। 

यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। 


Share this with your friends: